ओम मेगाश्री फर्मासुटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
प्रकाशित:
०९ माघ २०८१
काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले माघ २१ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ। नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares