'एनएमबि बुद्ध भिसा डेबिट कार्ड' सार्वजनिक

अर्थकागज
प्रकाशित: ०३ असोज २०८०
Image description


काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेको छ । आज (बिहीबार) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भिसा कार्ड सार्वजनिक गरेका हुन् । बैंकले पहिलो कार्ड अजयरत्न शाक्यलाई प्रदान गरिएको छ ।

‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ केसीले यो सहकार्य बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने बताए । यस कदमसँगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको योगदानमा सहभागी भएको केसीको भनाई छ । उनले यो कार्ड अन्य बैंकमा प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने बताए । 


त्यसै गरी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले वि च्याटमार्फत चीनबाट अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने बताए ।


भिसा डेबिट कार्ड बोक्ने यात्रुले बुद्ध एयरमार्फत यात्रा गर्दा लगेजको सिलिङ भन्दा पाँच केजी बोक्न पाइने कम्पनी जनाएको छ । साथै यात्रुहरुको टिकट रिफन्टलाई पनि बैंकले नै एक पटकको लागि रिफण्ड दिने भएको छ । बैंक र बुद्ध एयरबीच एक वर्षको लागि सहकार्यको सम्झौता भएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर