घोराही सिमेन्टले हकप्रद निष्काशन गर्ने, बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०६ पुस २०८१
Image description

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हक्रप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको निर्णय गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको प्रति १ कित्ता शेयरको हकमा ०.७५ कित्ताको अनुपातमा अर्थात् ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार ७ सय रुपैयाँ रहेको छ।

कम्पनीले हकप्रद निष्काशन प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने छ। कम्पनीले पुस २७ गते साधारणसभा  बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :


प्रतिक्रियाहरू

सम्बन्धित खबर