नाफासंगै बढ्यो प्राइम बैंकको ईपिएस, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: ०६ वैशाख २०८१
Image description

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा बैंकले २ अर्ब ८७ करोड ८७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.६६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६९ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि ९.३४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.०६ प्रतिशतबाट बढेर ४.२९ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ३३ लाख रुपैयाँ रहको छ । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६ पैसा रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर