काठमाडौंमा आजदेखि एक हप्तासम्म लोडसेडिङ्ग, कुन दिन कहाँ र कति घण्टा लोडसेडिङ्ग ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, काठमाडौंले आजदेखि एक हप्तासम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक ५ घण्टा बिजुली काट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको अनुसार उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटीका अनुसार कुलेश्वर, बानेश्वर र कीर्तिपुर वितरणकेन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । सो कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।आज (०४ गते) कलंकी र बलम्बु फिडरअन्तर्गतको स्युचाटारदेखि कलंकीवरिपरिका क्षेत्रमा बिजुली जानेछ ।
त्यस्तै ५ गते बलम्बुवरिपरिको क्षेत्र, ६ गते रातोपुलदेखि गौशालासम्मको क्षेत्र, ७ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र ८ गते बल्खु करिडोर तथा मैत्रीनगरवरिपरिका क्षेत्रमा ५ घण्टा विद्युत् आपूर्ति बन्द रहनेछ ।
त्यसैगरी ९ गते पुनः गौलाशा चोकदेखि पुरानो बानेश्वरसम्म, १० गते त्रिभुवन विश्वविद्यालयवपरिपरिका क्षेत्र र ११ गते सतुंगलदेखि बलम्बुसम्मका क्षेत्रमा पनि बिजुली काटिनेछ । साथै मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति बन्द नहुने प्राधिकरणले जनाएको छ ।
Shares