सिनर्जी पावरले नबिकेको हकप्रद कात्तिक १ गतेदेखि लिलामीमा ल्याउने, कहाँँबाट भर्ने ?


काठमाडौं । सिनर्जी पावर कम्पनी लिमिटेडले नबिकेको हकप्रद कात्तिक १ गतेदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन नपरेको ५ लाख ६३ हजार २ सय ६१ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै सानिमा बैंकका, हेटौँडा, नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा बैंक शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ्ग शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्।
Shares