हिमालयन रिइन्स्योरेन्सको ३१ ठूला सेयरधनीमा कान्तिपुरका मालिक कैलाश सिरोहियादेखि राजेश हाईवेअरसम्म, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २५ जेठ २०८२
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा विभिन्न २७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार हिमालयन रिइन्स्योरेन्सको ठूला सेयरधनीमा कान्तिपुरका मालिक कैलाश सिरोहियादेखि चर्चित व्यापारीहरु रहेका छन् ।

हिमालयन रि इन्स्योरेन्सको सिईओ पौडेल र प्रबन्धकहरुको तलव /भत्तामा कटौती, कुन शिर्षकमा कति कटौती ?

हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा ठूलो सेयरधनी एम्बर प्रोभेष्टमेन्ट प्राइभेट लिमिटेडकोे ६.७९ प्रतिशत अर्थात् ७० लाख ८६ हजार ४ सय कित्ता सेयर रहेको छ । त्यसै गरी नेपाल बैंक लिमिटेडको ५ प्रतिशत अर्थात ५२ लाख कित्ता, राष्ट्रिय बाणिज्य बैंकको ५ प्रतिशत अर्थात ५२ लाख कित्ता, कान्तिपुर पब्लिकेशनका मालिक कैलाश सिरोहियाको १ प्रतिशत अर्थात १० लाख ४० हजार कित्तासेयर रहेको छ ।

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर