नेप्सेमा मिड सोलु र भगवती हाइड्रोको आईपीओ सूचिकृत, कुनले कति पाए ओपनिङ्ग रेञ्ज ?

अर्थकागज
प्रकाशित: २४ असोज २०८०
Image description

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एकैचोटी २ कम्पनीको आईपीओ सूचिकृत भएको छ । आज नेप्सेमा मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो ।

नेप्सेका अनुसार मिड सोलु हाइड्रोपावरको ७४ लाख ८४ हजार कित्ता आईपीओ नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाएको छ ।

त्यसैगरी, भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६ सय ४७ कित्ता आईपीओ नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम एक सय २० रुपैयाँ ४१ पैसादेखि अधिकतम ३ सय ६१ रुपैयाँ २३ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर