थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारण सभा

प्रकाशित:
२५ चैत २०८०

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख २३ गते जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजे बार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares