तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: १५ असार २०८२
Image description

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

यस निष्काशनमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ४ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर