सिटिजन्स बैंकका ग्राहकले लोमस डिजिटलमा छुट पाउने
प्रकाशित:
११ जेठ २०८२
काठमाडौं । सिटिजन्स बैंक र लोमस डिजिटल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले Whirlpool Products र Kitchen Aid Products मा छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
हालसालै मात्र ‘बैंक अफ द ईयर अवार्ड २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६८ ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares