कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: २८ मंसिर २०८०
Image description

काठमाडौं । कुमारी बैंक लिमिटेड लाभांश नदिने भएको छ । मंसिर २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले २०८०-३-३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुंजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३ सय ४० रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर