रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने


काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित दुई आर्थिक बर्षको साधारणसभा एकै पटक आह्वान गरेको छ । चैत्र २८ गते बसेको सञ्चालक समिती बैठकले साधारणसभा आह्वानको निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार कम्पनीको ७ औँ र ८ औँ ओैँ बार्षिक साधारण सभा वैशाख २० गते बिहिबार रिसारा रिसेप्सन, नक्साल काठमांडौमा बोलाएको छ । उक्त राधारण सभा बिहान ११ बजे सुरु हुने छ ।
उक्त सभामा सर्बसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना सर्बसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको निर्बाचन गर्ने, लेखापरिक्षक नियुक्ति को प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ बैशाख १० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभा सहभागि हुन सक्नेछन् ।
Shares