मीड सोलु हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

अर्थकागज
प्रकाशित: २८ भदौ २०८०
Image description

काठमाडौं । मीड सोलु हाइड्रोपावरको सर्वसाधारण सेयर (आईपीओ) आजदेखि बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा लाइएको हो । लगानीकर्ताले आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज १२ गतेसम्म खुला रहनेछ ।

कहाँबाट आवेदन दिने ?

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको अनुसार आईपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्र नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।


प्रतिक्रियाहरू

Shivram adhikari Adhikari shivram

2 years ago

ठिक छ हामीले आवेदन दिएका छौ

सम्बन्धित खबर