सर्वोत्तम सिमेन्ट २.२५ करोड घाटामा
प्रकाशित:
०१ मंसिर २०८१
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा कम्पनी घाटामा देखिएको छ ।
समिक्षा अवधिमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा १२ करोड ३ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ।
४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares