ग्लोबल आइएमई बैंकको संस्थापक शेयर किन्ने मौका

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८३
Image description

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न आवश्यक स्वीकृतिका लागि निवेदन दिएपछि बैंकले शेयर खरिद गर्न इच्छुकलाइ ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।

बैंकले संस्थापक समूहको शेयर बिक्री गर्दा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको जनाएको छ। सो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

यसअघि पनि बैंकले २०८३ साउन २० गते संस्थापक शेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर, उक्त अवधिमा शेयर खरिदका लागि कसैको निवेदन नपरेको बैंकले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको रजिस्टर्ड कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर