आजसम्म कायम सेयरधनीहरुले मात्र एशियन लाइफ इन्स्योरेन्सको लाभांश पाउने

प्रकाशित:
०६ फागुन २०८०

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश गरी कुल ७.९०७८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो भोली फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक विदा परेकाले आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन १८ गते शुक्रबार, होटल क्लासिक सिमरा, बारामा १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares