दिप बहादुर बिसी सिटीजन लाइफको नायब प्रमुख कार्यकारीमा बढुवा

प्रकाशित:
०१ असार २०८१

काठमाडौं । बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दिप बहादुर बिसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी पदमा बढुवा भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी बिसीलाई नायब प्रमुख कार्यकारी पदमा बढुवा गरेको हो । छोटो समयमा सिटीजन लाइफलाई बीमा बजारमा बलियो रुपले उपस्थिति गराउन बिसीको ठूलो भुमिका रहेको छ ।
बढुव हुनु अघि बिसी २०७४ साउनदेखि सिटीजन लाइफमा नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए । एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधी हासिल गरेका उनले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पुरा गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares