अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ सूचीकृत

प्रकाशित:
०७ असोज २०८०

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९७.८७ रुपैयाँदेखि २९३.६१ रुपैयाँसम्म तोकेको छ । अब सोमबार यसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘युएलएचसी’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares