आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न नदिन खोज्नु दुखद् : अध्यक्ष कार्की

अर्थकागज
प्रकाशित: ०४ पुस २०८१
Image description

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइँदैन भनेर लगाम लगाउन लागेकाे बताएका छन् । बिहीवार काठमाडौंमा इप्पानले २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्। उनले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भएपनि सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइदैन भनेर लगाम लगाउनु जायज नभएको बताए । यसैगरी उनले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताए । उनले नेपाल जलविद्युतको धनी देश,विद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताए । उनले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताए । उनले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएपनि विद्युत उत्पादनको लागि कुनैपनि काम अघि बढ्न नसकेको उल्लेख गरे। उनले विद्युत उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न आवश्यक रहेको बताए । उनले २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरू

kumar gurung

1 year ago

भ्रम नफैलाए हुन्छ यथार्थ बोल तमाखुशी र म्याग्दी केहि hydro बिग्रिएको छ अहिल अनि ३३% लगाउन जरुरि अति छ यसको धेरै पाता छ ५

सम्बन्धित खबर