रश्मी रिजालले आत्मदाहा गरेपछि तनाबमा सानिमा क्यापिटलका हाकिमहरु खनाल र मल्ल !
काठमाडौं । शनिबार तारकेश्वरमा कारभित्र जलेको अवस्थाम रश्मी रिजालको शव भेटिएपछि यति बेला सानिमा क्यापिटलमा शोक सँगै तनाव पनि बढेको छ । कम्पनीको तेस्रो पोजिशन सम्हाल्ने रिजालले एकाएक आत्मदाहा गरेपछि कम्पनीको सवै कर्मचारीमा निराश छाएको छ । यता, कम्पनीको सिईओ विकाश खनाल र प्रमुख, मर्चेन्ट बैंकिङ / वित्त तथा लेखा अधिकृत कपिन्द्र मल्ललाई भने तनाव पनि ह्वात्तै बढेको छ । परिवार र आफन्तहरुले रिजालले आत्मदाहा गर्नुको पछाडी सिईओ खनाल र मल्लको प्रेसर -कामको दबाब) को कारण भएको आवाज उठाउन थालेपछि उनीहरुलाई तनाब बढेको हो । क्यापिटल रश्मी रिजालको भूमिका भने महत्वपूर्ण रहेको थियो । कम्पनीको हरेक गतिविधिमा रश्मीको अग्रेणी भूमिका रहको थियो ।
परिवार र आफन्तहरुले सिईओ विकाश खनाल र प्रमुख, मर्चेन्ट बैंकिङ / वित्त तथा लेखा अधिकृत कपिन्द्र मल्ललाई कारवाही गर्नु पर्ने माग राखेका छन् । यता, क्यापिटल भने आपसी समझदारीमा यो विषय टुङ्ग्याउन भित्रभित्रै लागि परेको छ ।
शनिबार तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा बिएई ०४१० ईभी कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो । रश्मी गत बिहीबार विहान अफिस जान्छु भन्दै आफै गाडि चलाएर घरबाट निश्किएकी थिइन् ।
Shares