फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

प्रकाशित:
१४ कात्तिक २०८१

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश गरि कुल ९.४७ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख रहेको छ।नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares