पाँचथर पावर कम्पनीको साधारणसभा आज, २ कम्पनीलाई प्राप्तीको प्रस्ताव

अर्थकागज
प्रकाशित: २७ जेठ २०८१
Image description

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडको ८ औँ साधारणसभा आज जेठ २७ गते बिहान ११ बजेदेखि होटल इम्पेरीयल, बत्तिसपुतली काठमांडौमा सुरु हुने छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको छैन त्यसैले यो बर्ष सेयरधनीहरुको हात खालि हुनेछ ।

कम्पनीको जेठ ४ गते शुक्रबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको आँठौ साधारणसभा जेठ २७ गते गर्ने निर्णय गरेको हो ।

सभाले एक्सेस इन्भेष्टमेन्ट प्रा.ली र मेगा इन्भेष्टमेन्ट प्रा.लीलाई प्राप्ती गर्ने, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, त्यसैले जेठ १६ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर