सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बोलायो साधारणसभा, कति छ लाभांश प्रस्ताव ?
प्रकाशित:
०६ पुस २०८१
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आगामी पुस २८ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लिमिटेडको गत शुक्रबारको सञ्चालक समितिको निर्णय अनुसार साधारण सभा बोलाइएको सूचनामा बताइएको छ । लिमिटेडले सञ्चालक आव २०८०/८१ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि समेत सो साधारण सभाले छलफल गर्ने जनाएको छ । यस्तै नेप्सेको निर्णयअनुसार लिमिटेडमा सरकारको सेयर स्वामित्व कायम गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव समेत सो साधारणसभामा प्रस्तुत गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares