हाथवे इन्भेष्टमेन्टको नाफामा सामान्य बृद्धि, आम्दानी घट्यो
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफामा सामान्य बृद्धि देखिएको छ । समिक्षा अवधिमा कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ०.३० प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४७ प्रतिशतले घटेर १३ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी २९.१८ प्रतिशतले घटेको छ ।
१ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४० करोड ७१ लाख रुपैयाँँ सन्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी २.२९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ ३८ पैसा रहेको छ।
Shares