अघि बढ्यो नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने प्रक्रिया

अर्थकागज
प्रकाशित: २८ माघ २०८१
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिन र नेपाल स्टक एक्स्चेन्ज पुनर्संरचना प्रक्रिया अघि बढाएको छ । यस सम्बन्धी कार्ययोजना बनाउन बोर्ड सञ्चालक समितिले कार्ययोजना समिति गठन गरेको हो । ‘धितोपत्र बोर्ड बैठकले कार्ययोजना समितिलाई नयाँ स्टक एक्स्चेन्जका लागि कार्ययोजना बनाउन अख्तियारी दिएको छ, सोहीअनुसार समिति सक्रिय भएको छ,’ बोर्ड स्रोतले भन्यो ।

समितिले नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि आवश्यक कार्ययोजना तयार गर्नुका साथै हालको नेप्सेको पुनर्संरचनाबारे पनि प्रतिवेदनमा समेट्ने छ ।

यो समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सञ्चालक महेश बराल, कानुनका प्रतिनिधि सञ्चालक विनोदकुमार भट्टराई, राष्ट्र बैंक प्रतिनिधि सञ्चालक तुलसीप्रसाद घिमिरे छन् । साथै, धितोपत्र बोर्ड नियमन विभाग प्रमुख मुक्ति श्रेष्ठ र नियमन महाशाखा प्रमुख अम्बिकाप्रसाद गिरी पनि कार्ययोजना समितिमा रहेको बोर्ड स्रोतले जनाएको छ । सिवाकोटी नेतृत्व समितिले एउटा नयाँ स्टक एक्स्चेन्ज निजी क्षेत्रबाट सञ्चालन गर्न सकिने र नेप्से पुनर्संरचना सँगसँगै अघि बढाउन सकिने गरी सुझाव दिएको थियो ।

यसअघि नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित पूँजीबजार सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदन यो समितिले अध्ययन गरी त्यसकै आधारमा कार्ययोजना तयार गर्ने छ। सिवाकोटी नेतृत्व समितिले एउटा नयाँ स्टक एक्स्चेन्ज निजी क्षेत्रबाट सञ्चालन गर्न सकिने र नेप्से पुनर्संरचना सँगसँगै अघि बढाउन सकिने गरी सुझाव दिएको थियो । सिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै मन्त्रिपरिषद्ले अर्थ मन्त्रालय हुँदै यी दुवै काम अघि बढाउन पत्राचार गरेको थियो


प्रतिक्रियाहरू

सम्बन्धित खबर