साना किसान लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?
प्रकाशित:
२६ कात्तिक २०८२
काठमाडौं, कात्तिक २६ — साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहनेछ।
लघुवित्तको सञ्चालक समितिको कात्तिक २६ गते बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares