किन सेयर बजारको घट्ने यात्रा रोकिएन ?
काठमाडौं । निरन्तर घट्दै आएको सेयरले बजार (आज) आइतबार पनि निरन्तरता दिएको छ । बजार आइतबार बजार २०.५४ अकंले घटेर १९९३.३८ बिन्दुमा बन्द भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ । ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २६ करोड २७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र सुधार आएको छ । कम्पनीको सेयर मूल्य ०.२४ प्रतिशतले बढेको छ । साथै, अन्य १२ समूहको सेयर मूल्य घटेकोछ । आज बैंकिङ समूहको ०.८१ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको १.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
सेयर बजारमा ठूला लगानीकर्ताको प्रवेश नहुँदा बजार घट्ने नसकेको लगानीकर्ताहरु बताउँछन् । कम्पनीको लाभांश घोषणा गर्ने मौषम हुँदैछ । तर बजारमा कुनै रौनक देखिदैन ।
नोट : तपाइको मनमा लागेको कारणहरु तल कमेन्ट बक्समा गएर लेख्न सक्नुहुनेछ ।
Shares