बुल बजारमा राईट सेयर बोनस सरह हो-लगानीकर्ता दुर्गाप्रसाद काफ्ले,सेयर बिश्लेषक
काठमाडौं । सेयर बजारका चर्चित सेयर विश्लेषक एवम् लगानीकर्ता दुर्गाप्रसाद काफ्लेले बल बजारमा राईट सेयर बोनस सरह हुने बताएका छन् । सेयर विश्लेषक काफ्लेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अहिलेको बजारमा राईट सेयर निश्कासन हुनु भनेको सेयरधनीलाई बोनस पाए बराबर हुने बताएका हुन् ।
बजार अहिले बुलको बाटोमा दौडिरहेको छ । यस्तो बजारमा प्रति कित्ता १०० रुपैयाँमा राईट सेयर भर्ने पाउनु लगानीकर्ताको लागि सुनौलो अवसर हो । बजारमा अहिले हरेक कम्पनीको मुल्य तीन सय रुपैयाँको हारहारीमा रहेको छ ।
पाइप लाइनमा राईट सेयर
विभिन्न २२ वटा कम्पनीले राईट सेयर निश्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जसमा जलविद्युत्त कम्पनी र बीमा कम्पनी रहेका छन् । यी कम्पनीहरुले यही बुल बजारमा राइट सेयर निश्कासन गर्न दबाब सेवोनमा दिइरहेका छन् । तर, सेबोनको अध्यक्ष नियुक्तिको खिचातानीले यी कम्पनीहरुको राइट सेयर कहिले आउछ भन्न अहिले नै भन्न सकिदैन । आवश्यक कागजात पुगेका केही कम्पनीलाई भने सेवोनले अहिले राइट सेयर निश्कासनको अनुमति दिने तयारी गरिरहेको छ ।
बजारमा आँखुखोलाको १५० प्रतिशत राइट सेयर भर्ने सुनौलो अवसर
अहिले दोस्रो बजारमा प्रति कित्ता १०० रुपैयाँमा सेयर किन्न पाइदैन । तर, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँमा किन्ने अवसर राईट सेयर निश्कासन गरेर दिएको छ । यो समाचार तयार गर्दासम्म दोस्रो बजारमा आँखुखोला जलविद्युत कम्पनीको सेयर प्रतिकित्ता २५७ रुपैयाँमा करोबार भएको छ । राईट सेयर भन्ने लगानीकर्ताले अहिलेको हिसावकिताले पनि प्रतिकित्ता १५७ रुपैयाँ नाफा हुनेछ ।
बुल बजारमा मार्केट बढ्ने क्रममा हुँदा आँखुखोला जलविद्युत कम्पनीको सेयर मुल्य अझै माथि जाने सेयर विश्लेषकहरु बताउँछन् । कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात् १०० बराबर १५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गरेको छ । सेयरधनीले आगामी भदौ १६ गते सम्म हकप्रद सेयर भर्न पाउने छन् । कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनपछि १ अर्ब २० करोड पूँजी थपिने छ । २०८१ असार मसान्तसम्म सेयर किन्नेहरुले आँखुखोलाको हकप्रद सेयर भर्न पाउनेछन् ।
Shares