आशुतोष इनर्जीले आइपीओ निष्कासन गर्ने

अर्थकागज
प्रकाशित: ०४ कात्तिक २०८०
Image description

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

सभा मंसिर ८ गते लिसरा रिसेप्सनस्, भगवतीबाहल, नक्साल, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । यस कम्पनीले १२ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो ।

त्यसैगरी, चुक्ता पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीहरुबाट थप ५ करोड १५ लाख रुपैयाँ माग गर्ने जनाएको छ । अर्थात, कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । यता, गत वर्षको नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर (कर सहित) वितरण गर्ने पस्ताव पनि रहेको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण साभा प्रयोजनार्थ कम्पनीले मंसिर १ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर