अरुण भ्याली हाइड्रोको नाफामा ७२० प्रतिशतको उछाल, बिद्युत बिक्रि आम्दानी ७ करोड बढि


काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा उछाल देखिएको छ ।
असोज मसान्तसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२०.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १ कराड ३२ लाख रुपैयाँबाट २३१.५९ प्रतिशतले बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । ३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ।
Shares