एनएमबि बैंकको सिईओमा गोबिन्द घिमिरे नियुक्त,बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्यायको बढुवा
प्रकाशित:
२४ फागुन २०८१
काठमाडौं । एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोबिन्द घिमिरेलाई नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी घिमिरेलाई ४ बर्ष अवधिका लागि सिईओमा नियुक्त गरिएको हो । बैंकको संचालक समितिको बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares