मर्जरमा लघुवित्त कम्पनीहरु ?
पछिल्लो समयमा मेडिकल ब्यापारीबाट राजावादि नेता बनेको दुर्गा प्रसाइले लघुबित्त कम्पनीहरुको बारेमा नकारात्मक प्रचार गरिरहेको सरोकारवालाहरु बताउँछन् । लघुबित्त कम्पनीहरुले ऋणिहरुलाई पिडित बनाएर उठिवास गरे भनेर लघुबित्त कम्पनीहरुबाट लिएको ऋण तिर्न पर्दैन भने जसो अभिब्यक्ति दिने गरेका छन् । के त लघुबित्त कम्पनीहरुले दुर्गा प््रसाइले भने जस्तै हो त ? दुर्गा प्रसाइको बैक तथा बित्त कम्पनीको बारेमा अराजक बिचारहरु राख्ने गरेको भनेर दुर्गा प्रसाइलाइ बैक तथा बित्त कम्पनीहरुको खलनायक भनेर पनि भन्ने गरेका छन सरोकारवालाहरुले ।
पछिल्लो समयमा लघुवित्त कम्पनीहरु भने धमाधम मर्जरमा गइरहेका छन् । कतिपय लघुवित्त कम्पनीहरुले एक आपसमा मर्ज गरिसकेको पनि छन भने कतिपय लघुवित्त कम्पनीहरुले एक्वायर गरिसकेका छन् । कतिपय लघुवित्त कम्पनीहरु मर्जर प्रकृयामा रहेका छन् । पछिल्लो समयमा वार्षिक साधारण सभा गर्ने गरेका सबै जसो लघुवित्त कम्पनीहरुले आफ्नो एजेणडामा मर्जर र एक्वायर रहेका छन् । त्यसोत कतिपय आईपीओ शेयर नै जारी नगरेका लघुवित्त कम्पनीहरु पनि मर्जमा जाने गरेका छन्, के त मर्जरको लहर नै चलेको हो त ? लघुवित्त कम्पनीहरुको मर्जर लहर रहर आबश्यकता कि बाध्यता ? । त्यसोत मर्जरमा जानका लागि नेपाल राष्ट्र बैकले दवाब दिने गरेको जानकारहरु बताउँछन् । त्यसोत पछिल्लो समयमा बैक तथा बित्त कम्पनीहरु हाइड्रो कम्पनीहरु बिमा कम्पनीहरु पनि मर्जरमा जाने गरिरहेका छन् के त कम्पनीहरु मर्जरमा जाने आबश्यकता होत कतिपय जानकारहरको भनाइमा नेपाल राष्ट्र बैकले लघुवित्तको सख्या कम गर्नको लागि मर्जर वा एक्वायरमा जानको लागि दवाब दिने गरेको बताउँछन सरोकारवालाहरु । सबै जसो कम्पनीहरु धमाधम मर्जरमा जाने गरेका कारणले मर्जर गर्दा शेयरधनिहरुका लागि लगानिकर्ताहरुको लागि लाभ कि हानी भन्ने पनि गरिरहेका छन्र ।
त्यसोत अधिकाश लगानीकर्ताहरुको भनाइमा कम्पनीहरु मर्जरमा जान नहुने बताउँछन् । मर्जरबाट कम्पनीका लगानिकर्ताहरुलाई लाभ भन्दा बढि हानी नोक्सानि हुने गरेका छन् । त्यसोत मर्जरमा जानको लागि मर्जरको प्र्स्ताब कम्पनीहरुको साधारण सभाबाट बहुमतले पारित गर्न पर्छ तर मर्जरको प्रस्ताब सजिलै पारित हुने गरेका छन् । साधारण सभामा भाग लिने अधिकाश सर्बसासाधारण शेयरधनीहरु कम्पनीले प्रस्ताब गरेको प्रस्ताबमा त्यति चासो राख्दैन खाना र खाजामा नै झुम्मिन्छन खाजा खाना खाए पछि फर्कि हाल्छन यसकारणले साधारण सभाहरुमा सिमित वक्ता शेयरधनीहरुको नियन्त्रमा रहने कारणले पनि यस्ता प्रस्ताबहरु सजिलै पारित हुने गरेको जानकारहरु बताउँछन् । कतिपय जानकारहरुको भनाइमा मर्जर वा एक्वायरमा जाने कम्पनीहरुले स्वाप रेशियोमा नै घोटाला गर्ने गरेको बताउँछन । मर्जरमा जाने गरेका कम्पनीहरुले स्वाप रेशियोमा तल माथि गर्ने गरेको कारणले यसको असर सर्बसाधारण शेयरधनीहरुको शेयर सख्यामा पर्ने गरेको बताउँछन शेयरधनीहरु त्यसैगरि मर्जर पुरा भएपछि पन नेप्सेमा सुचिकृत गर्न पर्ने हुन्छ र पुन सुचिकृत हुँदा गर्दा पनि शेयरधनीहरुले नोक्सानि ब्यर्होन परिरहेका छन् । एकातिर स्वाप रेशियोले गर्दा शेयरको सख्या घट्ने भने अर्कोतिर नेप्सेमा पुन सुचिकृत हुदा शेयर मुल्यमा घट्ने गर्दा सर्बसासधारण शेयरधनिहरुले नोक्सानि ब्यहोर्न परिहेका छन् । बिगतमा नियामक निकायहरुले कमिशनको चककरमा भकाभक लघुवित्त कम्पनीहरुलाई श्राद्धको प््रासाद जस्तै लाइसेन्स बाड्ने अनि पछि कम्पनीको सख्या बढि भयो र कम्पनीको पुँजी बढाउन पर्यो भन्ने निहुँमा मर्जरमा जानको लागि दवाब दिने अनि चेपुवामा सर्बसाधारण शेयरधनीहरु पर्ने ।
पछिल्लो सायमा शेयरबजारमा बजारले गतिलिन सकिरहेको छैन भने शेयरबजारमा गिरावत आउने गरिरहेका छन्र । कतिपय शेयरको मुल्यमा गिरावात आउनको कारण एक मर्जर पनि हो भनेर भन्ने गरिरहेका छन जानकारहरु । एकातिर बजारमा लघुवित्त कम्पनीहरुको शेयर मुल्यमा गिरावत आउने गरिरहेका छन भने अर्कोतिर कतिपय लघुवित्त कम्पनीहरुले शेयरधनीहरुलाइै लाभाश समेत दिन सकिरहेको अबस्था छैन भने लाभाश दिने गरेका कतिपय कम्पनिहरुको लाभाश बिगतको भन्दा न्युन रहेका छन् ।
Shares