माउन्टेन हाइड्रो ३८ करोड घाटामा, नेटवर्थ २६.०७ रुपैयाँ

प्रकाशित:
२० कात्तिक २०८१

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार हाइड्रोपावर नोक्सानीमा देखिएको छ ।
समिक्षा अवधिमा हाइड्रोपावर ३८ करोड ६२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोपावरले १ करोड ५९ लाख रुपैयाँ कमाएको थियो । बाढीका कारण कम्पनीको तल्लो हेवा खोला जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन नहुँदा कम्पनी नोक्सानीमा पुगेको हो।
समिक्षा अवधिमा जलबिद्युतको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ९० पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ०७ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares