गुणाकर भट्ट गभर्नर बन्ने पक्का !

अर्थकागज
प्रकाशित: ०५ वैशाख २०८२
Image description

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्ट बन्ने पक्का भएको छ । आफु गभर्नर हुने निश्चित भएसँगै भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । उनले राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनालाई राजीनामा बुझाएका हुन् ।

नयाँ गभर्नर नियुक्तिलाई लिएर कांग्रेस–एमाले आ–आफ्नो अडानमा रहे पनि अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भट्टको नाममा सहमति भएको हो । मन्त्रिपरिषद्को आगामी बैठकले भट्टलाई गभर्नर नियुक्त गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर