प्रभु क्यापिटलले जेठ २३ गतेदेखि ओपन म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: १६ जेठ २०८२
Image description

काठमाडौं । प्रभु क्यापिटलले खुलामुखी सामुहिक लगानी योजना (ओपन म्युचुअल फण्ड) को इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले जेठ २३ गतेदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन हुने प्रभु प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई निष्काशन गर्न लागेको हो।

यस योजनाको आकार ४० करोड अर्थात् ४ करोड इकाईको रहेको छ । जस मध्ये ३० लाख इकाई कोष प्रबर्दक प्रभु बैंक र ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई निष्काशन गरिएको छ। बाँकि रहेको इकाई मध्ये प्रथम चरणमा २ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन गर्न लागिएको हो ।

यस निष्काशनमा छिटोमा जेठ २७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ३१ लाख इकाईको लागि दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले चैत्र २७ गते क्यापिटललाई ओपन म्युचुअल फण्ड संचालनको लागि अनुमति प्रदान गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर