वन्डर्स इनर्जीको बार्षिक साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: १३ असार २०८३
Image description

काठमाडौं । वन्डर्स इनर्जी प्राईभेट लिमिटेडको आज दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले ९ मेगावाट क्षमताको खिम्ती ध्वाँङ् जलविद्युत आयोजना २०८४ सालमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको छ । उक्त आयोजना निर्माण गर्न लाग्ने १ खर्व ९० मध्ये १२५ करोड ऋण लगानीको लागि एनएमबि बैंक लिमिटेडसँगसँग समझदारी अन्तिम चरणमा पुगेको र बाँकी ६५ करोड मध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले बताएका छन् । साधारणसभाले कम्पनी पुँजी बृद्धि गरेर १०० करोड पुर्याउनको लागि ७० करोड स्वपँजी र ३० करोड आईपीओ निष्काशन गर्ने निर्णय गर्दै बैक ऋण लिन कम्पनीको संचालक समितिलाइ अख्तियार दिने प्रस्ताव समेत सभाबाट पारित भएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर