नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह बिधामा नेपाल राष्ट्र बैंकबाट सम्मानित
प्रकाशित:
१६ वैशाख २०८१
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर बैशाख १४ गते गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंक लिमिटेडलार्ई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो । नेपाल एसबिआई बैंले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पाेरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares