एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चैत ८ गते, गोर्खा होटल, चतारा लाइन, धरान उपमहानगरपालिका–१२, सुनसरीमा बिहान ९ साधारणसभा बोलाएको हो ।
सभाका विशेष प्रस्तावमा संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने र सोपश्चात् कायम समूहगत शेयर संरचनाअनुसार संस्थाको समूहगत शेयर स्वामित्व संरचना परिवतर्न गर्ने रहेका छन् । त्यस्तै, संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइनेछ ।
सभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायका प्रस्ताव पनि सभाका लागि तय भएका छन् । साधारणसभा प्रयोजनार्थ लघुवित्तले फागुन २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २७ सम्म कायम रहने शेयरधनीले मात्रै लघुवित्तको सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रियाहरू
Ramita
1 year ago
Dividend khai ta?
Ramita
1 year ago
Dividend khai ta?
Shares