कति छ आज डलरको मूल्य ?

अर्थकागज
प्रकाशित: ०५ वैशाख २०८२
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यसअघि बिहीबार अमेरिकी डलर १ कोे खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा कायम रहेको थियो ।

आज युरोपियन युरो १ को खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, कायम गरिएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर