हिमालय उर्जाको हकप्रद बाँडफाँड, १४.४६ लाख कित्ता लिलामीमा आउने


काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर बाँँडफाँड गरिएको छ । उक्त हकप्रद भाद्र २५ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले साउन २४ गतेदखि भदौ १२ गतेसम्म १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । ९९ लाख कित्ता हकप्रद सेयर खुल्ला गरेकोमा ३१ हजर ८५३ जना आवेदकहरुबाट ८४ लाख ५३ हजार ६ सय ४१ कित्ताका लागि मात्र आवेदन परेको छ । जस अनुसार अब बिक्री हुन नसकेको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता हकप्रद कम्पनीले लिलामीमा ल्याउनेछ ।
आफ्नो कायम सेयर भन्दा बढि माग गरी दरखास्त दिएका सेयरधनीहरुको रकम भदौ २८ गतेबाट आईपिएस मार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
Dakshamani nepal
7 months ago
लिलामि शेयर कहिलेदेखि र कहाँबाट अावेदन दिन सकिन्छ?
महेश राउत
7 months ago
लिलामि सेयर किन्न चहि हामिले कसरी कहाँ सम्पर्क गर्नु पर्ने हो सम्पर्क नम्बर पाउ है 🙏🙏🙏
Shares