रेडक्रसको ब्लड बैंक र एम्बुलेन्स सेवा नगर शाखाले संचालन गर्ने

माधव पोखरेल
प्रकाशित: १६ मंसिर २०८०
Image description

उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाले संचालन गर्दै आएको बलड बैंक र एम्बुलेन्स सेवा अबदेखि आइतबारदेखि गठनभै पदभार ग्रहण गरेको त्रियुगा नगरपालिका स्तरीय शाखाले संचालन गर्ने भएको छ ।

आइतबार नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा रेडक्रसको नगरपालिका स्तरीय शाखाको घोषणकासाथै अमृत हमालको संयोजकत्वमा १५ सदस्यीय नगर कार्यसमितिको घोषण समेत गरिएको छ ।

रेडक्रस उदयपुरका सभापति मदनराज कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले नगरपालिकामा रेडक्रसको नगर शाखा गठन भएको घोषण गरेको थिए ।

संघीय संरचना अनुसार काम अघि बढाउन, मानवीय सेवामा क्रियासिल हुन यो संस्था नगरस्तरमा पनि आवश्यक भएकोले गठन गरिएको जानकारी दिंदै रेडक्रसका सभापति कटुवालले त्रियुगा नगरपालिकाको १६ बटै वडामा वा वडा वडा मिलेर अब उपशाखा गठन गर्न सकिने र वडास्तरबाट पनि मानवीय सेवामा सहयोग गर्ने वातावरण मिलाउन सजिलो हुने बताए ।

रेडक्रस सोसाइटी उदयपुरकी मन्त्री तथा त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले रेडक्रस पवित्र संस्था भएकोले मानवीय सहायता गर्दा कुनै लोभ लालच वा विना भेदभाव निस्वार्थ रुपले सेवामा लाग्न नव गठित नगर तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरेकी छन् ।

सो कार्यक्रममा सभापति कटुवालले ब्लड बैंकको संचालन र एम्बुलेन्स सेवाको संचालनका साथै सोको हरहिसाब राख्न ब्लड बैंकको कोषको रकम हिनामिना भएकोमा सो को खोजी गर्न र थप कोष वृद्धि गरेर अघि बढन नगर समितिलाई जिम्मेवारी दिएका छन् ।

जिल्ला अस्पतालमा पनि एक जना रेडक्रसको प्रतिनिधि रहने व्यवस्था रहेकोले कुनै बिरामीलाई रगत निmशुल्क चाहिएमा निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न र यसकालागि जिल्ला शाखाले समन्वयकारी भूमिका खेल्दै त्रियुगा नगर शाखालाई नमुना शाखाका रुपमा विकसित गर्न अनुरोध गरेको छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर