हिमालयन लाइफ इन्स्योरेन्स उप-प्रादेशिक कार्यालय,नेपालगंजको 1 Day Refreshment कार्यक्रम सम्पन्न

अर्थकागज
प्रकाशित: २४ असोज २०८३
Image description

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप-प्रादेशिक कार्यालय,नेपालगंज ले 1 Day Refreshment कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ!! उप-प्रादेशिक कार्यालय का प्रमुख उमेश ठाकुरको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रम नेपालगंज शाखाका शाखा प्रमुख दिपक चालिसे ले संचालन गरेका थिए  ।  कोहलपुर शाखा प्रमुख गिरिराज बराल को स्वागत मन्तब्य सिनिएर अभिकर्ता शुक्रराज चौलागाईं को मन छुने मुक्तक बिचमा Product र Monthly Scheme को साथै Annual को स्किम को बारेमा उपप्रदेश प्रमुख उमेश ठाकुर को प्रस्तुति ,बिबिध सस्कृति ले भरिएको नृत्य ले कार्यक्रम मा थप रौनकता छाएको थियो  । 

सोहि क्रममा अभिकर्ताको तर्फबाट पेशागत बिमा अभिकर्ता संघ राष्ट्रिय समिति का केन्द्रीय सदस्य निरज कुमार भट्ट ले आफ्ना भनाई राख्ने क्रममा 

“बीमितको विश्वास हाम्रो सम्पत्ति हो, अभिकर्ताको सम्मान हाम्रो शक्ति हो र कम्पनीको प्रगति हाम्रो साझा लक्ष्य हो।”

भन्ने संदेश दिदै सबैजना मिलेर एकजुट भै बिमा ब्यवसाय बिस्तार मा अघि बढ्न आवहान गर्नुभएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर