अपि पावरले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०५ पुस २०८०
Image description

काठमाडौं । अपि पावर कम्पी लिमिटेडले २० औं वार्षिक साधारणसभा बोलाएको छ । पुस ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा विहा ११ बजे साधारणसभा बोलाएको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर