बलेफी हाइड्रोले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्दा पाईन्छ १०० प्रतिशत हकप्रद ?

अर्थकागज
प्रकाशित: ०९ कात्तिक २०८१
Image description

काठमाण्डौ । बलेफी हाइड्रोपावर कम्पनीले हकप्रदका लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको १ः१ अर्थात १०० प्रतिशत हकप्रद प्रयोजनका लागि बुकक्लोज मिति तोकेको हो ।

कम्पनीले हकप्रद प्रयोजनाका लागि यहि कार्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएका छ त्यसैले कार्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कार्तिक ४ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद निस्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएबिएस क्यापिटल रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर