नेपाल ल्यूव आयलको विशेष साधारणसभाबाट एफपिओ रद्द, हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित
काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको आज द प्लाजा पुल्चोक ललितपुरमा सम्पन्न विशेष साधारणसभाबाट हकप्रद निश्कासनको प्रस्ताव पारित भएको छ । सभाले यस अघि गत आश्विन १८ गते सम्पन्न ३३ बार्षिक साधारणसभाबाट पारित भएको एफपिओ निश्कासनको प्रस्ताव भने रद्द गरेको छ । कम्पनीले हाल कायम रहेको साधारण सेयर संख्याको आधारमा १:२ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको हो । सभाबाट कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने र कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य विभिन्न नियामक निकायहरुमा आवश्यक विवरण पेश गरी स्वीकृती लिन सक्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसै गरी सभाबाट कम्पनीले लूव्रिकेन्ट्स बाहेकका अन्य Component को व्यापार व्यवसायको निमित्त कम्पनीको पूर्ण स्वामित्वमा २ वटा कम्पनी गठन गर्ने र सोको प्रबन्ध पत्र, नियमावली, संचालक समितिको सदस्य, पदाधिकारी र अधिकृत पूँजी , जारी पूँजी एवंम् चूक्ता पुँजी कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा आधा दर्जन सेयरधनीहरुले मन्तव्य राखेका थिए । सभामा बोल्ने अधिकांश सेयरधनीले कम्पनीको प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीको खुलेर प्रसंशा गरेका थिए ।
Shares