११-२-२०८१, शुक्रबार

बैंकको ब्याज दरले र पुँजीबजारमा प्रभाब पार्छ त ?

अर्थकागज
प्रकाशित: २०८१-२-१
Image description

कको ब्याजदरले शेयरबजारमा प्रभाब पार्ने गरेको बताउँछन् सरोकारवालाहरु । भनिन्छ बंैकको ब्याज दर र शेयरबजारको अन्तरंग सम्बन्ध रहन्छ भनेर भन्ने गरेका छन् । बैंकको ब्याज दर बढे शेयरबजार घट्ने, बैंकको ब्याज दर घटे शेयरबजार बढेने भन्ने पनि गरिन्छ । तर, पनि अहिले बंैकको ब्याज दर घटिरहदा पनि नेप्से बढ्न सकिरहेको छैन । कतिपय बैकहरुले त ब्याज दर एकल अंकमा झारिसकेका छन् । बैकको ब्याज दर घटिरहदा पनि नेप्से १८ सय र २१ सय अंकको लाइनमा घुमिरहेका छन् । नेप्सेले २२ सय अंक पार गरेर बढ्न सकिरहेका छैन्। पछिल्लो समयमा शेयर बजारको लागि राम्रो बाताबरण बनिरहको छ । बैंकको ब्याज दर कम हुदैछन् । बैकमा तरलताको पनि अभाब नरहेको सरोकारवालाहरु बताउँछन् । तर, पनि शेयरबजारले गतिलिन सकिरहेका छैनन् । त्यसोत पछिल्लो समयमा कारोबारको रकममा भने बृद्धि भइरहेका छन् । त्यसोत शेयरबजार राम्रो हुनको लागि सरकार अर्थमन्त्रि केन्द्रिय बैंकको गभर्नर पनि शेयरबजार प्रति सकारात्मक हुन पर्दछ । सरकार शेयरबजार मैत्रि हुन पर्छ भनेर जानकारहरु बताउँछन् । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको गभर्नर शेयरबजार प्रति सकारात्मक नहुँदा शेयरबजारले के कस्तो अबस्था भोग्न पर्यौ बिगतका दिनहरु ल्ो बताउँछन् ।

त्यसोत शेयरबजारमा उटार चढाब त भइ नै रहनछ । नेप्से कहिले बढ्छ त कहिले घट्छ । सधै एकैनासको रहदैन शेयरबजार भनेको बिष्णु भगवानको चक्र जस्ते हो भनेर पनि भन्ने गरिन्छ । यो घुमिरहन्छ कहिले बियरिसमा,त कहिले बुलिस ट्रेण्डमा शेयरबजार घट बढ नहुदा लगानीकर्ताहरुले कसरी लाभ लिने त । यसकारणले पनि शेयरबजारमा उटार चढाब भइ रहनेलाई सामान्य रुपमा लिन पर्ने हुन्छ । यो बजारको बिउटी नेस नै हो भन्दा पनि फरक नपर्ला । नेप्से ३२ सय अक सम्मपुगेको पनि थियो भने १८ सय अकमा ओर्लेको पनि थियो । शायद नेप्से ३२ सय अक पुगेको नेपालको शेयरबजारको इतिहासमा पहिलो नै हो भन्दा फरक नपर्ला । त्यसोत नेप्से धेरै बढे पछि नेपाल राष्ट्र बैकले ब्रेक लगाउँछ भनेर पनि भन्ने गरेका छन् । त्यसोत नेप्स् ३२ सय अक पार गर्दा धेरै लगानीकर्ताहरु शेयरबजारमा छिरेका थिए । तिनिहरुको लागि चोक्टा खान गएको बुढि झोलैमा डुबेर मरि भन्ने उखान जस्तै भए । त्यो त यसको जिम्मेवार नेपाल राष्ट्र बैकको गभर्नरलाइ दिने गरेको पनि देखियो ।

कतिपय शेयरबजारका जानकारहरुको भनाइमा ३२ सय अक पारगरि रहँदा नेपाल राष्ट्र बैकले त्यस बेलाको मौद्रिक नितिमा शेयर कर्जामा ४ र १२ को क्याप लगाई दिएको कारणले शेयरबजार ओरालो लागेको र यसमा त्यसबेला केहि तथा कथित शेयरबजारका शेयर लगानीकर्ताहरुको नेता भन्नेहरुले यसको बिरोधमा आन्दोलन गरेको कारणनले पनि शेयरबजार ओरालोको यात्रामा गएको भन्नेहरु पनि नभएको होइन । उकालोको यात्रा गरिरहेको नेप्सेलाइ ब्रेक लगानिउने काम गभर्नर साहेबले गरेको भनेर गभर्नर साहेबलाइ दोष दिने पनि नभएको होइन । त्यसोत अहिले भने गभर्नर साहेब शेयरबजार प्रति सकारात्म रहेको जस्तो पनि देखिएको छ । बैंकको ब्याज दर बृद्धिको कारण पनि गभर्नर साहेब नै भएको बताइ रहेका छन सरोकारवालाहरु ।

पछिल्लो समयमा तरलताको अभाब देखाइ बैकहरुले ब्याज दर बृद्धि गरेको कारणले शेयरबजार बढ्न नसकेको हो भन्नेहरु पनि नभएको होइन कतिपय लगानीकर्ताहरुको भनाइमा पनि बैंकहरुले निक्षेपकर्ताहरुलाइ दोहोर अकले ब्याज दिने गरेको कारण शेयरबजारमा नकारात्मक प्रभाब पारेको बताइ रहेका छन् । एकातिर बैकको ब्याज दर बृद्धिले शेयरबजारमा लगानी गर्नु भन्दा बंैकमा राख्ने फइदा हुने गरेको बताउँने गरेका छन भने अको तर्फ बंैकको ब्याज दर बृद्धिले बैकबाट कर्जा लिएर शेयरमा लगानी गर्नेहरुले चर्को ब्याज दरको कारणले शेयर बजारमा लगानी गर्न डराएको बताउँछन् । लगानीकर्ताहरु शेयरबजारप्रति लगानिकर्ताहरुको आकर्षण बढिरहेको अबस्थामा पनि बैंकहरुको ब्याजदर उच्च रहेको कारणले शेयरबजारमा लगानी गर्न डराउको लगानीकर्ताहरुको भनाइ रहेका छन् । तर, अहिलेको अबस्था भने त्यसो रहेन तर पनि शेयर बजार किन बढ्न नसकिरहेको भन्नेहरु पनि नभएका होइनन । अहिले पनि शेयरबजारको लागि हात्ती आयो हात्ती फुस्सा भइरहेका छन भन्दा पनि फरक नपर्ला । कतिपय जानकारहरुको भनाइमा नेपाल राष्ट्र बैंकको बिधमान गभर्नर रहे सम्म शेयरबजारले गति नलिने बताउँछन् । बिधमान गभर्नर नेकपा एमालेको कार्यकर्ता भएको बताउँछन जानकारहरु । दलको निर्देशन अनुसार काम गर्ने गरेको कारणले पनि शेयरबजारमा साँढे तिव्र गतिमा दगुर्न नसकेको बताउँछन् सरोकारवालाहरु । त्यसोत गभर्नर साहेबको पदाबधि सकिले बेलामा त शेयरबजारको लागि राम्रो गर्न नि गभर्नर साहेब भनेर भन्नेहरु पनि नभएका होइनन् ।

 त्यसोत बैंकको ब्याज दर बृद्धि हुदै रहदा यसले सिमित ब्यक्तिहरुलाइ भने यसले लाभ हुने गरेका छन तर यसले अर्थतन्त्रलाइ भने नकारातमक असर गर्ने गरेका छन् । बैकको ब्याज दर बृद्धिले एकातिर बस्तु सामानहरुको लागत बढ्ने हुन्छ भने अर्कोतिर महंगी समेत बढ्ने गरेका छन् । यसले आम नागरिकहरुलाइ समेत महँगिको मारमा पार्ने गरेका छन् । त्यसोत बैकको ब्याज दर बृद्धिले कतिपयलाइ भने लाभ हुने गरेका छन् । बैकका निक्षेपकर्ताहरुलाइ भने यसले फाइदा हुने गरेका छन् । बैंक तथा बित्तिय कम्पनीहरुमा बचत गरेकाहरुलाइ भने यसले फाइदा दिने गरेका छन् । तर यसरी लाभ लिनेहरु भने सिमित मात्रामा मात्र हुने गरेका छन् । बैक तथा बित्त कम्पनीहरुले बचतकर्ताहरुलाइ निक्षेपकर्ताहरुलाइ दिने ब्याज दर बढेसँगै बैक तथा बित्त कम्पनीहरुले दिने कर्जामा पनि ब्याज दर बृद्धि हुन जान्छन यसले ब्यपार व्यवसया उद्योगहरुको उतपादनहरुमा बस्तु सामानहरुको लागत बढ्न गइ बैंकमा निक्षप गर्ने निक्षेप कर्ताहरुलाई समेत यसले प्रभाब पार्ने गर्दछन् । यसले सिमित ब्यक्ति बिशेषहरुलाइ केहि फाइदा गरेता पनि समग्र अर्थतन्त्रलाइ नै नकारात्मक असर गर्ने गरेकाले बंैकको ब्याज दर कम हुनु पर्ने जानकारहरु बताउँछन् । त्यसोत पछिल्लो समयमा बैंकहरु पनि मिटर ब्याजी भए बैकहरुले नाफा मात्रै कमाए ठूला ठूला भवनहरु बनाए भनेर राजनीतिक दल एमालेको अध्यक्ष केपि ओलिदेखि सासदहरु देखि मेडिकल माफिया भनेर भन्ने गरेका व्यापारिहरुले समेत बंैकको आलोचना गरिरहेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर