रु रु जलबिद्युतको नाफा ६ करोड ८५ लाख, ईपिएस १८.५४ रुपैयाँ


काठमाडौं । रु रु जलबिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार हाइड्रोपावरको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा जलबिद्युतले ६ करोड ८५ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको तुलनामा २.६६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा जलबिद्युतले ६ करोड ६८ लाख रुपैयाँ कमाएको थियो । समिक्षा अवधिमा जलबिद्युतको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्चमा आएको कटौती कारण नाफामा सामान्य सुधार देखिएको हो।
यस अवधिमा जलबिद्युतले बिद्युत बिक्रिबाट ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १.१५ प्रतिशतले कम हो । गत बर्षको यसै अवधिमा जलबिद्युतले बिद्युत बिक्रिबाट ११ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा जलबिद्युतको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९ पैसा रहेको छ । चुक्ता पूँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको जलबिद्युतको जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ सञ्चित छ।
Shares