ज्योति विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो कर्जाको बेसरेट

अर्थकागज
प्रकाशित: ३० चैत २०८०
Image description

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यसै गरी बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० देखि ६.७५ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ५.५० देखि ७.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.३९ प्रतिशत रहेको छ ।


प्रतिक्रियाहरू

Uttam kark

9 months ago

Lan

dev budhathoki

9 months ago

नमस्ते हजुर मेरो ३ महिना अगाडि पास गरेको घडेरी धितो राखेर ऋण लिन पाउछ कि नै हजुर

dev budhathoki

9 months ago

नमस्ते हजुर मेरो ३ महिना अगाडि पास गरेको घडेरी धितो राखेर ऋण लिन पाउछ कि नै हजुर

dev budhathoki

9 months ago

3 महिना अगाडि पास गरेको घडेरी धितो राख्न मिल्छ कि नै ऋण लिन को लागि हजुर

सम्बन्धित खबर