१३-२-२०८१, आईतवार

रिडी पावरको प्रबन्ध निर्देशकमा कुवेरमणि नेपालको पुनर्बहाली

अर्थकागज
प्रकाशित: २०८०-१२-१८
Image description

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा कुवेरमणि नेपालको पुनर्बहाली भएको छ । कम्पनीको चैत्र १६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई प्रबन्ध निर्देशकमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दाका कारण नेपाल पदबाट निलम्बित रहेका थिए । चैत ६ गते विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएसँगै नेपाल पुनः पदमा बहाल भएका छन् ।

कम्पनीको प्रबन्ध सञ्चालक रहेकी सायिका भण्डारी अब सञ्चालक पदमा रहने कम्पनीले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर